• २०८१ पौष २३ मंगलबार

हिजबुल्लाह शिर्ष कमान्डरका श्रीमती बाहेक चार प्रेमिका !

kharibot

काठमाडौँ । गत जुलाई ३० मा इजरायली सेनाले हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुकरलाई हवाई आक्रमणमा मारेको थियो । त्यसबेला उनी आफ्नी श्रीमती र छोराछोरीसँग बेरुतको एउटा अपार्टमेन्टमा थिए । शुकरलाई हिजबुल्लाह प्रमुख नसरल्लाहको दाहिने हात मानिन्थ्यो र यो वर्ष इजरायलद्वारा मारिने संगठनको पहिलो प्रमुख नेता थिए ।

न्युयोर्क टाइम्सको रिपोर्टले शुकरलाई निशाना बनाउनुअघि लामो समयसम्म निगरानी गरिएको खुलासा गरेको थियो । लामो निगरानीपछि शुकरक श्रीमती बाहेक चार प्रेमिका रहेको इजरायलको मोसादलाई थाहा भएको थियो । 

फुआद शुकर सन् १९८३ को बेरुत बम विष्फोटका मास्टरमाइन्ड थिए । यसमा तीन सयभन्दा बढी अमेरिकी र फ्रान्सेली नागरिक मारिएका थिए । अमेरिकाले उनीमाथि ५० लाख डलर इनाम राखेको थियो ।

फुआद हिजबुल्लाहका संस्थापक सदस्यहरूमध्ये एक थिए । इजरायली गुप्तचर एजेन्सी मोसाद धेरै वर्षदेखि उनको ठेगाना पत्ता लगाउन व्यस्त थियो । यसै क्रममा मोसादलाई फुआद शुकरले विवाहपछि पनि चार महिलासँग सम्बन्ध राखेको थाहा पाएको थियो । यी महिलासँगको सम्बन्धमा उनलाई दोषी महसुस हुन थाल्यो ।

यसपछि फुआदले हिजबुल्लाहका धार्मिक नेता हाशिम सफिउद्दीनसँग मद्दत मागेका थिए । सफिउद्दीनले उनलाई चारै महिलासँग विवाह गर्न सल्लाह दिए । यसपछि सफिउद्दीनले नै फुआदलाई फोनमा चारै महिलासँग विवाह गराए । यो विवाह कहिले भएको थियो र यस अवधिमा शुक्र कहाँ बसेको थियो भन्ने जानकारी उपलब्ध छैन ।

फुआदको विवाहको व्यवस्था गर्ने हाशिम सफिउद्दीन पनि अक्टोबर २०२४ मा इजरायली हमलामा मारिएका थिए । नसरल्लाहको मृत्युपछि सफिउद्दीन हिजबुल्लाहको प्रमुख बन्ने रोलक्रममा थिए ।

फुआदको मृत्यु भएको २० दिनपछि एक फोन कलले उनको मृत्यु भएको खुलासा भएको थियो । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा हिजबुल्लाहका एक अधिकारीलाई उद्धृत गर्दै फोन आएपछि फुआद आफ्नो कार्यालय छोडेर सोही भवनको सातौं तल्लामा गएको बेला भएको हमलामा उनको मृत्यु बएको दाबि गरेको थियो।

रिपोर्टका अनुसार फुआद बेरुतको एक आवासीय भवनको दोस्रो तल्लामा रहेको आफ्नो कार्यालयमा थिए । जुलाई ३० गते बेलुकी ७ बजे उनको फोन आयो । उनलाई सातौं तलामा रहेको आफ्नो अपार्टमेन्टमा जान भनिएको थियो र त्यसको केही मिनेटपछि नै आक्रमणमा उनको हत्या भयो । आक्रमणमा उनीसँगै उनकी श्रीमती, अन्य दुई महिला र दुई बालबालिकाको पनि मृत्यु भएको थियो । यसबाहेक करिब ७० जना घाइते भएका थिए ।

रिपोर्टका अनुसार यो फोन कल हिजबुल्लाहको आन्तरिक नेटवर्कमा गहिरो घुसपैठ गर्ने व्यक्तिको थियो । त्यसैले फोन कल सुनेपछि उनी आफ्नो अपार्टमेन्टमा गएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै