• २०८१ पौष २३ मंगलबार

बुमराह र रेड्डीको नाम मेलबर्न क्रिकेट मैदानको सम्मान बोर्डमा दर्ता

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टोलीका उपकप्तान जसप्रित बुमराह र अलराउन्डर नितिश कुमार रेड्डीको नाम मेलबर्न क्रिकेट मैदानको सम्मान बोर्डमा दर्ता भएको छ ।

भारत र अष्ट्रेलियाबीचको टेस्ट म्याचमा उत्कृष्ट प्रदर्शन गरेबापत दुवै खेलाडीलाई यो सम्मान प्रदान गरिएको हो ।

सो खेलमा उपकप्तान जसप्रित बुमराहले दोस्रो इनिङ्समा पाँच विकेट लिए भने नितिश कुमार रेड्डीले पहिलो टेस्ट शतक प्रहार गरेका थिए ।

बुमराहको नाम फाइभ विकेट हलको सूचीमा परेको छ भने नितिशको नाम मेलबर्नमा शतक प्रहार गर्ने खेलाडीको सूचीमा थपिएको छ ।

भारत र अस्ट्रेलियाबीचको यो खेल २६ डिसेम्बरदेखि ३० डिसेम्बरसम्म खेलिएको थियो । यो खेलमा भारतले १८४ रनको हार बेहोरेको थियो ।

खेलमा जसप्रित बुमराहले कुल ९ विकेट लिए । उनले पहिलो इनिङ्समा चार र दोस्रो इनिङ्समा पाँच विकेट लिए । जहाँ नितिश कुमार रेड्डीले पहिलो इनिङ्समा ११४ रन बनाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय