• २०८१ पौष २१ आइतबार

अस्ट्रेलियाले जित्यो भारतविरुद्धको बक्सिङ डे टेस्ट

kharibot

काठमाडौं । अस्ट्रेलियाले बक्सिङ डे टेस्ट जितेको छ । मेलवर्न क्रिकेट मैदानमा जारी खेलमा अस्ट्रेलियाले भारतलाई १८४ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछाएको भारत १५५ रन बनाएर अल आउट भएपछि अस्ट्रेलियाले सहज जित हासिल गरेको हो ।

यस अघि अस्ट्रेलियाले पहिलो इनिंगमा ४७४ रन बनाएको थियो भने त्यसको जवाफमा भारतले ३६९ रन बनाएको थियो ।

पहिलो इनिंगमा १०५ रनको अग्रता हासिल गरेको अस्ट्रेलियाले दोस्रो इनिंगमा २३४ रन बनाएपछि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । 

अस्ट्रेलियाको यो जितपछि  बोर्डर–गावस्कर ट्रफीमा अस्ट्रेलियाले २-१ ले अग्रता हासिल गरेको छ । जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो ।

अब सिरिजको पाँचौं तथा अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै