• २०८१ माघ १ मंगलबार

जापान एयरलाइन्समा साइबर हमला

kharibot

काठमाडौँ । जापान एयरलाइन्समा साइबर हमला भएको छ ।

बिहीबार बिहान जापान एयरलाइन्समा ठूलो साइबर हमला भएको जापानी मिडियाहरुले उल्लेख गरेका छन् । साइबर आक्रमणकारीको यस कार्यका कारण ठूलो संख्यामा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको रिपोर्टमा उल्लेख छ । तत्कालका लागि टिकट बिक्री पनि रोकिएको बताइएको छ । साइबर आक्रमण स्थानीय समय अनुसार बिहान ८.५६ बजे भएको थियो । जसका कारण एयरलाइन्सको सम्पूर्ण प्रणाली ध्वस्त भएको छ ।

एयरलाइन्सका प्रवक्ताले साइबर हमला भएको पुष्टि गरेका छन् । उनले प्रणाली सुधारका लागि हरसम्भव प्रयास भइरहेको बताए । हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री रोकिएको छ । यात्रुलाई पर्न गएको असुविधाप्रति एयरलाइन्स क्षमा मागेको छ । जापान एयरलाइन्स देशको दोस्रो ठूलो एयरलाइन्स हो।

एयरलाइन्सले जारी गरेको विज्ञप्ति अनुसार हामीले साइबर आक्रमण पत्ता लगाएको बताएको छ । प्रणाली सुधार गर्न युद्धस्तरमा काम गरिरहेको जानकारी दिदै एयरलाइन्सले रिकभरी स्थितिको निरन्तर अनुगमन गरिरहेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै