• २०८१ माघ २ बुधबार

बलिवुडका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन

kharibot

काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन भएको छ ।  ९० वर्षका बेनेगलको मुम्बईस्थित वोकहार्ट अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

श्याम बेनेगलकी छोरी पिया बेनेगलले सोमबार साँझ करिब ६.३० बजे आफ्नो बुबाको निधन भएको जानकारी दिएकी छन् । श्याम बेनेगल विगत दुई वर्षदेखि मिर्गौलाको गम्भीर रोगबाट पीडित थिए ।

'अंकुर', 'निशान्त', 'मन्थन', 'भूमिका' र 'मंडी' जस्ता फिल्महरू निर्देशन गरेका बेनेगललाई ७०-८० को दशकमा समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिन्छन् ।

उनका चलचित्रहरूमा लैङ्गिक समानता, सामाजिक न्याय र राजनीतिक सङ्घर्ष जस्ता विषयहरू थिए । श्याम बेनेगललाई ‘भारत एक खोज’ र ‘संविधान’ निर्माणका लागि पनि सम्झिने गरिन्छ ।

फिल्म निर्देशक बेनेगलले केही दिनअघि १४ डिसेम्बरमा आफ्नो ९०औं जन्मदिन मनाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै