• २०८१ असोज ९ बुधबार

हरिणी अमरसूर्या बनिन् श्रीलंकाको प्रधानमन्त्री

kharibot

काठमाडौँ । श्रीलंकाको नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले देशको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्यालाई मनोनित गरेका छन् । श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बनेको यो तेस्रो पटक हो ।

दिसानायकेले मङ्गलबार लेक्चररबाट सांसद बनेकी हरिणी अमरसूर्यालाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनलाई न्याय, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दिसानायके र अमरसूर्या दुवै वामपन्थी राष्ट्रिय जनशक्ति गठबन्धनका सदस्य हुन् । यो गठबन्धनसँग २२५ सिट भएको श्रीलंकाको संसदमा जम्मा तीन सिट रहेको छ ।

आगामी दिनमा श्रीलंकामा संसदीय निर्वाचन हुने अनुमान गरिएकाले अन्तरिम मन्त्रिपरिषद्को बाँकी जिम्मेवारी पार्टीका अन्य दुई सांसदलाई बाँडिएको छ ।

पार्टीका सदस्य नमल करुणारत्नेले श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रिमण्डल हुने बताएका छन् । उनले अबको २४ घण्टाभित्र संसद विघटन हुनसक्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै