• २०८१ भदौ ३० आइतबार

आईपीएल फ्रेन्चाइजी लखनऊको मेन्टर बने जाहिर खान

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्व फास्ट बलर जाहिर खान आईपीएल फ्रेन्चाइजी लखनऊ सुपर जायन्ट्सको मेन्टर बनेका छन् ।

२०२२ मा आइपिएलको फ्रेन्चाईजी बनेको लखनउको मेन्टरको भूमिकामा यस अघि अष्ट्रेलियाका जस्टिन ल्यान्गर थिए । त्यस अघि हाल भारतीय टिमका मुख्य प्रशिक्षक रहेका गौतम गम्भीरले दुई बर्ष प्रशिक्षकको भूमिका निभाएका थिए ।  

केएल राहुलको कप्तानीमा रहेको लखनउ २०२२ र २०२३ मा आइपिएलको प्लेअफसम्म पुगेको थियो भने २०२४ मा लिग चरणमा सातौं रहेको थियो । 

त्यस्तै ४५ वर्षीय जहीर खान सन् २००० देखि २०१४ सम्म भारतीय राष्ट्रिय टिमबाट खेलेका थिए । उनले २०११ को एकदिवसीय विश्वकपमा सबैभन्दा बढी विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण भारतलाई २८ वर्षपछि एकदिवसीय विश्वकप जितेको थियो ।

पूर्व बायाँ हाते फास्ट बलर जहीर खान बललाई दुबैतर्फ स्विङ गराउनका लागि परिचित छन् । उनी कपिल देवपछि टेस्ट क्रिकेटमा भारतका दोस्रो सबैभन्दा सफल बलर हुन् ।

जाहीर खानले भारतका लागि ९२ टेस्ट, २०० एकदिवसीय र १७ टी–२० खेल खेलेका छन् । उनले आईपीएलमा १०० खेल खेलिसकेका छन् । यी खेलमा उनले आफ्नो नाममा कुल १०२ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि, जाहीर खान लामो समय आइपिएल टिम मुम्बई इन्डियन्ससँग आवद्ध थिए । उनले मुम्बई इण्डियन्समा क्रिकेट निर्देशकको रूपमा काम गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै