• २०८१ असार १२ बुधबार

गिरीबन्धु टी-इस्टेटले भन्यो- गिरीबन्धु हाम्रो निजी सम्पत्ति हो, नियमानुसार सट्टाको निवेदन दिएका हौं

kharibot

झापा । गिरीबन्धु टी-इस्टेट प्रालिले परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दाबी गरेको छ । 

बुधबार झापामा पत्रकार सम्मेलन गर्दै गिरीबन्धु टी-इस्टेटले गिरीबन्धु आफूहरूको निजी सम्पत्ति भएको भन्दै चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दाबी गरेको हो । 

गिरीबन्धु टी-इस्टेटका अध्यक्ष छत्र गिरीले गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएकोजस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोच-पेचहरूमा तथा सामाजिक सञ्जालहरूमा सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघिनै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीले बताए । उनले हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको जानकारी दिए ।

२०२० सालमा कम्पनी स्थापना गरी सञ्चालनमा आएको ठाउँमा वस्ती विस्तार भई बिर्तामोड बजारको विकास भएको र एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको गिरीले बताए । 

उनले उक्त परिस्थितिका कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएकाले उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा-पट्टाको लागि निवेदन गरिएको दाबि गरे ।

उनले अदालतबाट समेत चिया बगानको लागि सट्टा-भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट  वञ्चित नगर्ने, सट्टा-भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनको लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने आदेश आएकाले आवश्यक प्रक्रिया पूरा गरेर उपयुक्त निर्णयमा पुग्ने जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै