बारा । नेकपा एमाले बारा जिल्ला कमिटीको १०औं अधिवेशनबाट अध्यक्षमा विनोद शाह सर्वसम्मत चयन भएका छन् ।
विहिबार अबेर राती सम्प्पन्न भएको बन्द शत्रबाट अध्यक्षमा शाहसहिँत उपाध्यक्षमा टीना सुवेदी र सचिवमा अध्यानन्द पाण्डे चयन भएका हुन् ।
त्यसैगरी दुई सह–सचिवमा अमृत बजगाइँ र भुलन चौधरी सर्वसम्मत चयन भएको नेकपा एमाले बाराका निवर्तमान अध्यक्ष देवनारायण चौधरीले जानकारी दिएका छन् ।
एक सय ६५ सदस्यीय जिल्ला कमिटीसहिँत पदाधिकारी र सदस्य सबै अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएको बारा जिल्ला इन्चार्ज बलबिर चौधरीले बताए ।
जिल्ला कमिटीमा लिलादेवी लामिछाने, दिलबहादुर लामा, गोकुल घोरासाइने, दुर्गा गौतम, रामकृष्ण घिमिरे, गणेश लामा, मीना सुनुवारलगायत चयन भएको निवर्तमान अध्यक्ष चौधरीले बताए ।
त्यसैगरी निजगढ नगरपालिकाबाट रामजी बजगाई, मीरा पोखरेल, केशव ढोडारी, सोफिया चौधरी, राजकुमार पोखरेल (कुमार) समेत जिल्ला कमिटी सदस्यमा चुनिएका छन् ।