• २०८१ जेठ ३ बिहीबार

इलामको माङ्सेबुङ- ५ मा थेगिमले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन !

kharibot

फिक्कल । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पछिल्लो नतिजाअनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । २७ हजार ६१५ मतगणना गर्दा सुहाङ ३७५४ मतान्तरले अगाडि छन् । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३२४ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९०१ पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू १५१२ मतसहित चौथो सीमित छन् । 

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले १०३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे । रास्वपाका लिम्बूले ३ मत पाए । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन् । अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ । 

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै