• २०८१ बैशाख ८ शनिबार

रौतहटमा मोटरसाइकलको ठक्करबाट मृत्युपछि स्थानीयद्वारा प्रदर्शन

kharibot

रौतहट । मोटरसाइकलले ठक्कर दिदा रौतहटको दुर्गाभगवती गाउँपालिकामा एक जनाको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् ।

ठक्कर दिएर भागेको व्यक्तिलाई प्रहरीले न समातेको भन्दै  स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती गाउँपालिका–३ का १६ वर्षीय सन्तोष कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले भगाएको पिडित पक्षको आरोप रहेको छ । शनिवार दिउँसो करिब ३ बजेको समयमा पहिचान नखुलेको मोटरसाइकल चालकले साइकल चालक झालाई ठक्कर दिएर फरार भएका थिए । ठक्कर कारण साइकल यात्रुको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनापछि जनप्रतिनिधीले र प्रहरीले कुनै कार्वाही नगरेको भन्दै स्थानीय सोमवार आन्दोलित भएका छन् । जिल्लाको गौर–गंगापिपर सडक अबरुद्ध गरि स्थानीय प्रदर्शन गरि रहेका छन् ।

घटना भएपछि आँफुलाई कसैले खबर नगरेको र पछि गएर आफुलाई सो घटना बारे पत्ता लागेको ईलाका प्रहरी कार्यालय दुर्गाभगवतीका प्रवत्ता उपेन्द्र यादवले बताए । 

उनका अनुसार सिसिटिभीको भिडियो हेर्दा मोटरसाइकल र नम्बरको अझै पहिचान हुन नसकेको छैन ।

दुर्गाभगवती गाउँपालिका ३ मा अवस्थित सरस्वती माध्यमिक विद्यालय नजिक शनिवार मोटरसाइकले ठोक्कर दिदाँ एक जना स्थानीय साइकल चालकको काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको थियो । 

दोषीलाई कार्वाहीको माग गदै स्थानीयहरु सडकअबरुद्ध गरि प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै