• २०८१ बैशाख २३ आइतबार

कृषि बिकास बैंक र कीर्तिपुर नगरपालिकाबिच सम्झौता

kharibot

काठमाडौ ।कृषि बिकास बैंक र कीर्तिपुर नगरपालिकाबिच सम्झौता भएको छ । बैकका अनुसार  किर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक मार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा  हस्ताक्षर  गरेका हुन । 

देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ्ग कारोवार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोवारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ्ग कारोबार गर्न थप सुविधा पुग्ने बिश्वास लिएको छ । 

उक्त सम्झौता कार्यक्रममा नगर प्रमुख रमेश महर्जनले यस  पाँच बर्षे सम्झौता तथा सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने बताएका छन् । 

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको वाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउदा संस्था गौरवान्बित भएको बताए ।

पाँच बर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पुर्ण सरकारी कारोवार गर्नेछ  भने नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । देशका ७७ जिल्लामा नेटवर्क रहेको बैंक र किसान तथा विद्यार्थीहरुको सहर वीचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ । 

बैंकले नगरपालिका क्षेत्रमा वशोवास गर्ने किसान, विद्यार्थी तथा उद्यमिका लागि लागि सहुलियत दरमा कृषि, शैक्षिक तथा व्यावसायिक कर्जा प्रदान गर्नेछ । यस सम्झौताले नगरपालिकाको एकिकृत बैंकिङ्ग कारोवारमा सहजता हुनेछ । 

सम्झौता अनुसार बैंकले नगरपालिका र नगरपालिकामा आवद्ध कर्मचारीलाई निःशुल्क विद्यूतिय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम नगरपालीका मार्फत खर्च गर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै