• २०८१ बैशाख २३ आइतबार

कृषि बिकास बैंकको नाफा बढ्यो

kharibot

काठमाडौ । कृषि बिकास बैंकले खुद मुनाफा बढाएको छ । अघिल्लो आवमा तीन अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको नाफा १९ दसमलव १५ प्रतिसतले बढेर आव २०७५—०७६ मा चार अर्ब ३५ करोड ३२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैकको बितरणयोग्य नाफा भने तीन अर्ब ३१ करोड १३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।  

चुक्ता पुँजी नौ अर्ब एक करोड ५२ लाख २९ हजार रुपैयाँ रहेको बैंकले आव २०७५—०७६ मा एक खर्ब १९ अर्ब ७६ करोड ३४ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७९ करोड ७१ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा सात अर्ब ३७ करोड तीन लाख ८७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव नौ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने बैंकले एक खर्ब चार अर्ब २१ करोड ६४ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६२ करोड ६१ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा छ अर्ब ८४ करोड ८६ लाख ६१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दसमलव ४१ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै