• २०८१ बैशाख २३ आइतबार

कृषि बिकास बैंकको तीन महिनाको नाफा ६० करोड 

kharibot

काठमाडौ । कृषि बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ६० करोड ७३ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ५५ करोड १४ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।  

कुल चुक्ता पुंजी अर्ब ४४ कारेड ८२ लाख ४१ हजार रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा एक खर्ब २३ अर्ब ५४ करोड ६७ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब ४६ करोड ५७ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सो अवधिमा एक अर्ब ६६ करोड ५१ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा २६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ भने निष्कृय कर्जाको अनुपात तीन दसमलव ७० प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा बैंकले एक खर्ब १९ अर्ब ७६ करोड ३४ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ७९ करोड ७१ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा एक अर्ब ८१ करोड ६६ लाख ५९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव ९३ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै