• २०८१ बैशाख २४ सोमबार

कृषि विकास बैंकद्वारा कोरोना कोषमा एक करोड २५ लाख सहयोग

kharibot

काठमाडौ । कृषि बिकास बैंकले कोराना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेको छ ।

बैंकले आज सोमबार कोभिड–१९ कोरोना नामक भाईरसले आम विश्वसमुदायलाई त्रसित बनाई रहेको यस अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेको विपतको घडीमा कोभिड–१९ कोरोना नामक भाईरस संग सावधानि पूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन नेपाल सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको हो । 

बैकले उक्त विपतको कारणबाट विश्वभर ज्यान गुमाउनेहरु प्रति चिर शान्तिको कामना गर्दै, विरामीहरुको शिघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै