• २०८१ बैशाख २३ आइतबार

कृषि बिकास बैंकद्धारा सरस्वतीको मूर्ति राख्न आर्थिक सहयोग

kharibot

काठमाडौं । कृषि विकास बैंकको शाखा कार्यालय जितपुरको आयोजनामा सिद्धार्थ बहुमुखी क्याम्पस जितपुर कपिलवस्तुको परिसरमा निमार्ण भएको सरस्वति मन्दिरमा मुर्ति स्थापनाका लागि कृषि विकास बैंकले तीन लाख रुपैयाँ सहयोग गरेको छ ।

नवनिर्मित सरस्वति मन्दिरको उदघाटन ५ नं. प्रदेश सभासद  विष्णु पन्थि र कृषि विकास बैंक क्षेत्रिय कार्यालय भैरहवाका का.मु.निर्देशक सुदिप कुमार दहालले संयूक्त रुपमा गरेका थिए ।

मन्दिर उदघाटन कार्यक्रमको सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विष्णु पन्थिले बैंकले सरस्वतिको मूर्ति स्थापना गरिदिएकोमा विशेष धन्वाद दिंदै बैंकले आफ्नो स्थापना देखि हाल सम्म निरन्तर देशका कुनाकाप्चा पुगेर बैकिङ्ग सेवा पु¥याई गरिव किसानको जीवन उकास्नमा महत्वपूर्ण भूमिका खेलेको भनि चर्चा समेत गरे । 

क्याम्पस संचालक समितिका सदस्यहरु, क्याम्पस प्रमुख,अध्ययनरत विद्यार्थी,स्थानिय राजनैतिक नेता तथा भद्रभलादमीहरुको व्यापक सहभागीता रहेको उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियन सुशिल खत्रीले बैंकले कर्जा तथा विभिन्न प्रकारको बैंकिंग सेवाबाट स्थानिय जनताको मन जित्न सफल भएको र यस किसिमका सामाजिक कामले भविष्यमा कृषि विकास बैंकको गरिमा अझ बढ्ने बिचार व्यक्त गरे ।

बैंकका क्षेत्रीय निर्देशक तथा उदघाटन कार्यक्रमका विशिष्ठ अतिथि सुदिप कुमार दाहालले मूर्ति स्थापनाका लागि तीन लाखको चेक क्याम्पसलाई हस्तान्तरण गर्दै यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गरे र स्थानिय जनतालाई बैकले ल्याएको विभिन्न अत्याधुनिक सुविधा उपभोग गर्न अनुरोध समेत गरे । 

साथै नेपाल सरकारले ल्याएको खौलौ सवै नेपालीको बचत खाता अभियानमा सरिक हुन सम्पूर्ण उपस्थित विद्यार्थी लगायतमा सबैमा अनुरोध गरे । उक्त कार्यक्रममा क्याम्पस प्रमुख, विद्यार्थी नेता लगायत बैंक प्रबन्धक, कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै