• २०८१ असोज १७ बिहीबार

पूर्वी लद्दाख क्षेत्रको भारतीय भूमिमा आएका चिनियाँ सैनिक पक्राउ

kharibot

पैगोंग झील

काठमाडौँ । भारतीय सुरक्षा बलले पूर्वी लद्दाख क्षेत्रबाट एक चिनियाँ सैनिकलाई पक्राउ गरेका छन् ।

भारतीय मिडियाहरुका अनुसार पूर्वी लद्दाख क्षेत्रमा पैगोंग झील नजिकबाट शुक्रबार विहान चिनियाँ सैनिकलाई हिरासतमा लिइएको हो ।

भारतीय अधिकारीहरुले पिपल्स लिबरेसन आर्मीका एक सैनिकले नियन्त्रण रेखालाई पार गरेर भारतीय क्षेत्रमा आएका थिए ।

त्याँहा तैनाथ भारतीय सुरक्षा बलले ति चिनियाँ सैनिकलाई हिरासतमा लिएका थिए ।

पूर्वी लद्दाख क्षेत्रमा पछिल्लो आठ महिनादेखि सीमा विवादका कारण तनाव  भइरहेको छ । पछिल्लो बर्षदेखि सीमामा तनाव पढेपछि दुवै पक्षले नियन्त्रण रेखाको दुवै तिर ठुलो संख्यामा सुरक्षा बल तैनाथ भएका छन ।

भारतीय समाचार एजेन्सी पिटीआइका अनुसार पक्राउ परेका चिनियाँ सैनिकको निर्धारित प्रक्रिया अनुसार जाँच भइरहेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै