• २०८१ पौष ८ सोमबार

संसद सचिवालयले दियो रवि लामिछानेको संसद पद निलम्बन भएको जानकारी

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बन भएको छ ।

संसद सचिवालयले सोमबार सूचना प्रकाशित गर्दै सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार चितवन-२ बाट निर्वाचित सांसद लामिछानेको संसद पद निलम्बनमा परेको जानकारी दिएको हो ।

 सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था रहेको छ । लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको थियो ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा भनिएको छ- प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ ।

सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गर्दै मुद्धा दायर गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

संसद सचिवालयको सूचना: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै