बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन पुस १६ गतेका लागि आह्वान हुने भएको छ ।
प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १६ गते प्रदेश सभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशको वर्षे अधिवेशन भदौ ३१ गतेसम्म चलेर अन्त्य भएको थियो । वर्षे अधिवेशन सकिएको साढे तीन महिनापछि सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने निरन्य गरेको हो ।