काठमाडौँ । बलिवुड अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् । चितवनमा हुने हात्ती प्रतियोगिता रोक्न भन्दै अभिनेता जोनले मन्त्री पाण्डेलाई पत्र लेखेका हुन् ।
उनले प्रतियोगिताका क्रममा हात्तीमाथि दुर्व्यवहार हुने गरेको बताएका छन् । ‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलको क्रममा शारीरिक र भावनात्मक कष्ट सहन्छन्,’ जोनले पत्रमा लेखेका छन् ।
उनले थपेका छन्, ‘म भन्न सक्छु कि तिनीहरू शक्ति र बुद्धिको प्रतीकसमेत हुन् । उनीहरू धेरै अर्थबाट राष्ट्रिय खजाना हुन् । नेपालसँग यी सुन्दर जनावरलाई संरक्षण र सम्मान गरेर नेतृत्वदायी रूपमा अघि बढ्ने मौका छ । नेपालको लागि मेरो हृदयमा विशेष स्थान छ । म विश्वस्त छु कि यस्तो उज्वल भविष्य नागरिकको सम्मान, जंगली जनावरप्रतिको माया र अनुपम प्राकृतिक सौन्दर्यको संरक्षणबाट हुनेछ ।’
महोत्सवमा हात्तीलाई कुटेर रगताम्मे पर्ने गरिएको र पर्यटकको सवारीको लागि पनि प्रयोग गर्ने गरिएको उल्लेख छ ।
जोन अब्राहमको पत्र: