काठमाडौँ । सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको छ ।