• २०८१ पौष ११ बिहीबार

सुन्दरीमाई जेसिजको पदस्थापन तथा व्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न 

kharibot

काठमाडौँ । सुन्दरीमाई जेसिजको चौथो पदस्थापन तथा व्यक्तित्व सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा सन् २०१९ का लागि निर्वाचित पदाधिकारीको पदस्थापन तथा समाजमा विशेष योगदान दिने व्यक्तित्वको सम्मान गरिएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकका प्रमुख सन्तोष चालिसेले युवा नेतृत्व र व्यक्तित्व विकास मूल मर्म रहेको सुन्दरीमाई जेसिज विधानअनुरुप अघि बढेको भन्दै खुसी व्यक्त गरे । जेसिजसँग सहकार्य गरी विविधकार्य गर्न र सचिवालय व्यवस्थापन गर्न आफू तथा नगरपालिका सदा सकारात्मक रहेको उनले बताए । 

नेपाल जेसिजका पूर्व अध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहालले सुन्दरीमाई जेसिजको उत्तरोत्तर प्रगतिको कामना गर्दै नेपाल जेसिजले गरेका कार्यको संक्षिप्त चर्चा गरे ।  

यसै गरी कार्यक्रममा सम्मानित शिक्षासेवी चन्द्रप्रसाद पौडेलले शिक्षा क्षेत्रमा आफूले दिएको योगदानको कदर गरेकोमा हर्षित भएको बताए । उनले यस्ता कार्यक्रमले शिक्षाको क्षेत्रमा अझ अघि बढ्न आफू तथा शिक्षाप्रेमीलाई थप ऊर्जा मिलेको बताए । 

त्यस्तै, अर्का सम्मानित व्यक्तित्व कृष्ण मुरारि ढुङ्गेलले कला र साहित्यको क्षेत्रमा आफूले दिएको योगदानको कदर गर्दै जेसिजले दिएको सम्मान आफूलाई मात्र नभई कला र साहित्यिक अभियानमा लागेका सबैका लागि भएको र यसले कलाप्रेमीलाई उत्प्रेरित गरेको बताए । 

गोकर्णेश्वर नगरपालिकाका उपमेयर तथा सुन्दरीमाई जेसिजका मानार्थ सदस्य जे.सी. शान्ति नेपालले आफ्नो मुख्य आधार नै जेसिज भएकाले आफू यहाँ यसरी बोल्न सक्ने जेसिजले गर्दा भएकाले यो नेतृत्व विकासमा सहयोगी भएको उल्लेख गरे । उनले जेसिजमा लागी समाजसेवामा जोडिन युवावर्गलाई आह्वान गरे । 

यसैगरी, कामपा वडा नं. ७  का अध्यक्ष डंगोलले जेसिजको आवश्यकता अपरिहार्य रहेको बताए । सभामा लाइनकुमार सुवेदीले प्रजातान्त्रिक पद्धतिले समाजको विकास हुने धारणा व्यक्त गरे । 

राष्ट्रिय शहीदपार्कका अध्यक्ष तथा वर्ष २०१९ का अध्यक्ष जेसी प्रमोद सिग्देलले कार्यक्रममा आईपीपी अन्जना अधिकारी, ईभीपी जेसी राम पाण्डे, सक्रिय खनाल, कानूनी सल्लाहकार सुलोचना न्यौपाने, महासचिव सुजना ढुंगेल, भीपी जेसी विवेक सिग्देल, राजीव थापा, अन्तर्राष्ट्रिय कोअर्डिनेटर मुरारी चालिसेलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा सन् २०१८ का आईपीपी विश्वास लामिछाने, पास्ट प्रेसिडेन्ट क्लबका संस्थापक अध्यक्ष कृष्ण चालिसे र सितापाइला जेसिजका अध्यक्ष मनोज रिमाललाई सम्मान गरिएको थियो । सन् २०१४ का तालिम सचिव तथा ट्रेनर जेसी शिवराज खनाललाई पनि सम्मान गरिएको थियो ।

शिक्षा तथा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका हरिशरण ढुङ्गाना विशिष्ट अतिथि थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै