काठमाडौँ । दक्षिण कोरियाको प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीले कार्यवाहक राष्ट्रपति हान डुक सुविरुद्ध महाभियोग प्रस्ताव ल्याएको छ । बिहीबारको संसद बैठकमा विपक्षी दलले उक्त प्रस्ताव प्रस्तुत गरेको थियो । कार्यवाहक राष्ट्रपतिले न्यायाधीश नियुक्तिको निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दलले यो प्रस्ताव राखेको हो ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । यसपछि उनलाई पदबाट हटाइयो । अहिले प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीले कार्यवाहक राष्ट्रपति हान डुक–सूविरुद्ध महाभियोग प्रस्ताव ल्याएको छ । बिहीबारको संसद बैठकमा विपक्षी दलले उक्त प्रस्ताव प्रस्तुत गरेको थियो ।
कार्यवाहक राष्ट्रपति हान डुक-सुले आफ्नो निर्णयमा विपक्षी दलहरू राजनीतिक सहमतिमा सहमत नभएसम्म संवैधानिक अदालतमा न्यायाधीशहरू नियुक्ति नगर्ने बताएका छन्। कार्यवाहक राष्ट्रपतिले न्यायाधीश नियुक्त नगरे महाअभियोग लगाउने विपक्षी दलको भनाइ छ ।
डेमोक्र्याटिक पार्टीले अब यो प्रस्तावमा सदनमा मतदान गर्नेछ । किनभने महाभियोग पेश भएको २४ देखि ७२ घण्टाभित्र मतदान गरिसक्नुपर्ने हुन्छ । विपक्षी दलका प्रवक्ता युन जोङ-कुनले महाभियोगको कारण हानले देशमा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओल र उनकी पत्नी विरुद्ध विपक्षीले तोकेको समयसीमाभित्र स्वतन्त्र छानबिनलाई अनुमोदन गर्न असफल भएको बताए। उक्त निर्णयलाई सांसदहरुले सर्वसम्मतिले पारित गर्दै संसद बैठकमा प्रस्ताव पेस गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । यसपछि उनलाई पदबाट हटाइयो । उनको विपक्षमा २०४ मत परेको थियो भने उनको समर्थनमा ८५ मत परेको थियो । संसदमा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उनको अधिकार तत्काल निलम्बन हुन्छ ।
प्रधानमन्त्री हान डुक-सु अहिले कार्यवाहक राष्ट्रपतिको रूपमा सेवा गरिरहेका छन् । अब, संवैधानिक अदालतले युनलाई राष्ट्रपति पदबाट हटाउने वा उनको शक्ति पुनर्स्थापित गर्ने निर्णय गर्न १८० दिनको समय छ । यदि उनलाई पदबाट हटाइयो भने उनको उत्तराधिकारी छनोट गर्न ६० दिनभित्र राष्ट्रिय निर्वाचन गर्नुपर्नेछ ।