• २०८१ पौष १२ शुक्रबार

मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै छौं- मन्त्री पाण्डे

kharibot

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सवलीकरणमा लागिरहेको बताएका छन् । 

विहीबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा आयोजित लुम्बिनी क्षेत्र विकास कोष,गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरुको समाधान विषयमा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले मन्त्रालय मातहतका निकाय सातवटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिहेको बताएका हुन् । मन्त्री पाण्डेले भने, विषयगत समितिलाई क्रियाशील बनायौं भने संघीयता प्रभावकारी हुने हो । हाम्रो मन्त्रालय अन्तरगत रहेको विषयगत समितिको दोस्रो बैठक सम्पन्न भएको छ । त्यसमा गाउँपालिका र नगरपालिका महासंघका प्रमुखहरुलाई समेतको प्रतिनिधित्व गराएका छौं । 

मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायनमा बनाउनका लर प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनु पर्नेमा जोड दिए । उनले अगाडि भने, पर्यटन क्षेत्रलाई चलायमान बनाउन सातवटै प्रदेश र स्थानीय तहलाई क्रियाशील बनाउनुपर्छ । आर्थिक र व्यवस्थापकीय रुपमा सवल र सक्षम बनाउन जरुरी छ । नेपाल पर्यटन बोर्ड, नाथम लगायतका संस्थालाई सातवटै प्रदेशमा विस्तार गरी संघीयता सवलीकरणका लागि लागिरहेका छौं । उनले विश्व सम्पदामा सूचिकृत लुम्बिनी क्षेत्र लाई युनेस्कोले जोखिमको सूचीमा सुचिकृत गरेको स्मरण गर्दे भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेस्कको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको र छ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको समेत उल्लेख गरे । तिलौराकोटलाई विश्वसम्पदा सूचिमा सुचिकृत गर्ने काम अन्तिम चरणमा पुगेको समेत बताए । 

मन्त्री पाण्डेले राष्ट्र्रिय ध्वजावहाक एयरक्राप्टमा समस्या रहेको बताउँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै