काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका ३० जना प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिदै सूचना प्रकाशित गरेको छ ।
असोज महिनादेखि आफूखुसी गैरहाजिर रहेका र हेडक्वार्टरको सम्पर्कमा नरहेका प्रहरी कर्मचारीहरूको सूची बिहीबार सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन आउन प्रधान कार्यालयले निर्देशन दिएको हो ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन छन् ।