काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ३० देशका राजदुतलाई फिर्ता बोलाएको छ ।
मिडिया रिपोर्टका अनुसार अमेरिकी विदेश मन्त्रालयले विश्वका ३० देशमा कार्यरत राजदुतलाई अर्को महिनासम्म फिर्ता आउन निर्देशन दिएको हो । राजदुतलाई फिर्ता बोलाउने कुनै कारण नदिइएको बताइएको छ ।
फिर्ता बोलाइएका राजदुतमा अफ्रिकाका एक दर्जनभन्दा बढी छन् भने एशियाका नेपालसहित ६ देशका राजदूतहरू रहेको बताइएको छ । त्यसै चार युरोपेली देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ ।
राजदुत फिर्ता बोलाइएका देशहरुमा नेपाल, अल्जेरिया, अर्मेनिया, बुरुण्डी, क्यामरुन, केप भार्डे, इजिप्ट, फिजी, गाबोन, ग्वाटेमाला, आइभरी कोष्ट, लाओस, मचेडोनिया, माडागास्कर, द मार्शल आइल्याण्ड, मरिसस, मोन्टेनेग्रो, नाइजेरिया, नाइजर, पपुवा न्यूगीनी, फिलिपिन्स, रवान्डा, सेनेगल, स्लोभाकिया, सोमालिया, श्री लंका, सुरिनेम र भियतनामलगायत रहेका छन् ।









