काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार उपमहासचिवमा ओली निकट नेता विष्णु रिमाल पछि परेका छन् । तीन जना उपमहासचिव निर्वाचित हुनेमा सबै भन्दा अगाडी लेखराज भट्ट रहेका छन् । ११३९ मत गणना हुदा भट्टले ७३४ मत प्राप्त गरेका छन् भने योगेश भट्टराईले ७०९ मत प्राप्त गरेका छन् । त्यस्तै रघुवीर महासेठले ६८९ मत प्राप्त गरेका छन् । त्यस्तै विष्णु रिमालले ५४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् । ८० मध्ये ४० मेशिनको मत गणना हुदा रिमाल चौथो स्थानमा छन भने निर्वाचित हुन उनले बाँकी मेशिनको गणनामा धेरै मत प्राप्त गर्नुपर्ने भएको छ ।
त्यस्तै आनन्द प्रसाद पोख्रेलले ३३४, वैजनाथ चौधरीले २७१ र उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले १४० मत प्राप्त गरेका छन् ।









