काठमाडौँ । ह्वाइट हाउसकी वरिष्ठ अधिकारी सुसी वाइल्सले स्तब्ध पार्ने खुलासा गरेकी छिन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका व्यक्तिहरूको बारेमा स्पष्ट र आलोचनात्मक टिप्पणी गरेकी छिन् । उनले टेस्लाका सीईओ एलन मस्कले केटामाइन ड्रग्स प्रयोग गरेको पनि बताएकी छन् ।
एक अन्तर्वार्ताका क्रममा सुसीले उपराष्ट्रपति जेडी भान्सलाई 'प्रमाण बिना हरेक प्रमुख घटनाको पछाडि गोप्य षड्यन्त्र रहेको विश्वास गर्ने व्यक्ति' र बजेट प्रमुख रस भोटलाई 'कट्टर दक्षिणपन्थी' भनेर वर्णन गरेकी छन् । उनले जेफ्री एपस्टाइनसँग सम्बन्धित कागजातहरू ह्यान्डल गरेकोमा महान्यायाधिवक्ता पाम बोन्डीको पनि आलोचना गरेकी छन् ।
अन्तर्वार्ता बाहिर आएपछि ह्वाइट हाउसले उनको भनाइलाई गम्भीरतापूर्वक लिएको छैन । यद्यपि, सुसी वाइल्सले सामाजिक सञ्जालमा समाचारले महत्त्वपूर्ण सन्दर्भलाई बेवास्ता गरेको र जानाजानी गलत प्रस्तुत गरिएको दाबि गरेकी छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सुसी वाइल्सलाई समर्थन गर्दै भनिन्- 'ट्रम्पको सुसी भन्दा ठूलो वा बढी वफादार सल्लाहकार छैन । सम्पूर्ण प्रशासन उनको स्थिर नेतृत्वको लागि कृतज्ञ छ र उनको पछाडि पूर्ण रूपमा उभिएको छ ।'
तर यो अन्तर्वार्ताले फेरि राष्ट्रपति र उनको नीतिहरूको बारेमा प्रश्न उठाउन सक्छ र पुरानो मतभेदहरू, विशेष गरी मस्कसँग पुन: उत्पन्न गर्न सक्ने बताइएको छ । वाइल्सले मस्कको बारेमा भनेकी छन्- 'उनी पूर्ण रूपमा एक्लो छन् । मस्कसँग चुनौती भनेको उनको गतिसँग तालमेल मिलाउन गाह्रो छ ।'
एडोल्फ हिटलर, जोसेफ स्टालिन र माओत्सेतुङको समयमा लाखौं मृत्युको लागि सरकारी कर्मचारीहरू जिम्मेवार थिए भनी सोधिएको प्रश्नमा वाइल्सले भनिन्- 'मलाई लाग्छ, उनी त्यतिबेला हल्का औषधि (माइक्रोडोजिङ) प्रयोग गरिरहेका थिए ।' यद्यपि, विल्सले उनलाई मस्कको लागूपदार्थको प्रयोगको कुनै प्रत्यक्ष ज्ञान नभएको बताएकी छन् ।
मस्कले यसअघि पनि केटामाइन र अन्य औषधिहरू व्यापक रूपमा प्रयोग गरेको आरोप लगाइएको थियो ।
मस्कले सरकारी दक्षता विभागको नेतृत्व गरेका थिए, जसको उद्देश्य संघीय सरकार र यसको कार्यबल घटाउनु थियो । उनले सुरुमा अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी बन्द गर्ने लक्ष्य राखेका थिए । यो कदमले वाशिंगटनमा तरंग ल्यायो र धेरै मानवीय कार्यक्रमहरू बन्द गर्न बाध्य बनाएको थियो ।
वाइल्सले मस्कले ट्रम्पले बचत गर्न चाहेका कार्यक्रमहरू बन्द गर्दा उनी 'सुरुमा छक्क' परेको बताइन र उनले मस्कको सामना गरेको बताइन । वाइल्सले भनिन्- 'मस्कको मनोवृत्ति भनेको कामहरू छिटो गर्नुपर्छ भन्ने हो । यस्तो दृष्टिकोणमा केही हानि हुन्छनै । तर कुनै पनि समझदार व्यक्तिले युएसएड बन्द गर्ने प्रक्रिया राम्रो थियो भनेर भन्दैन ।'
ह्वाइट हाउसकी चीफ अफ स्टाफ रहेकी वाइल्सले यो अन्तर्वार्ता भ्यानिटी फेयर पत्रिकालाई दिएकी थिइन् ।









