काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले युवाहरुलाई नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले काठमाडौँमा जुलुस निकालेर केहि नहुने बताउदै युवा पुस्ताले नेतृत्व सम्हाल्न आगामी चुनावमा ज्यान फालेर लाग्न आग्रह गरेका हुन् ।
पुनले हिजो भएको राजनैतिक पार्टीहरू, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगको ६ घण्टा बसेको छलफलमा बिदेशमा बस्ने नेपालीहरुलाई भोट दिन सक्ने व्यवस्था गर्ने प्रस्तावको कुनै निर्णय नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
उनले नेताहरू र नागरिक समाजको अगुवाहरुले भाषण मात्र छाँटेको र ६ महिने सरकारको दोषहरु मात्र देखाएको बताउदै कुनै पनि समस्याको निकासको लागि सृजनशिल र ठोस राय दिन नसक्ने पार्टीहरु, नेताहरु, नागरिक समाज र सरकारले देशलाई डुबाउने टिप्पणी गरेका छन् ।









