काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता रहेको स्थानमा सञ्चालन नभएका विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको अल्टिमेटम दिएको छ ।
महानगरको शिक्षा विभागले मंगलबार सुचना प्रकाशित गर्दै अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूलाई १५ दिन भित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो । महानगरले सम्पर्कमा नआउने विद्यालयको अनुमति खारेजीको प्रक्रिया अगाडी बढाउने बताएको छ ।
महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा अनुमति लिएका १०७ विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको शिक्षा विभागले जनाएको छ ।
सम्पर्कमा नआएका विद्यालयहरुलाई काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने उल्लेख गरेको छ ।









