काठमाडौँ । अमेरिकाको टेक्सासमा मेक्सिकन नौसेना विमान दुर्घटना हुदै दुई बर्षको बालकसहित पाँच जनाको मृत्यु भएको छ ।
अमेरिकी तटरक्षक दलका अधिकारीहरूले टेक्सासको ग्याल्भेस्टन खाडीको पानीमा बिरामी बोकेको मेक्सिकोको नौसेना विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । दुर्घटनामा दुई जना सकुशल उद्धार गरिएको थियो भने एक जनाको अवस्था अज्ञात रहेको बताइएको छ ।
विमानमा चार जना नौसेनाका चालक दलका सदस्य र चार जना यात्रु रहेका थिए । विमानले जलन भएका विरामी बोकेको मेक्सिकन नौसेनाले जानकारी दिएको छ ।









