• २०८३ बैशाख १८ शुक्रबार

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

काठमाडौँ । बुद्ध एयरको जहाजमा पोखरा विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको छ । 

बुद्ध एयर पोखरा कार्यालयका अनुसार जहाज अवतरणको क्रममा गिद्ध ठोक्किएको थियो । चरा ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको छ । विमानमा ६८ यात्रु सवार थिए र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले भनेको छ- आज काठमाडौंबाट पोखरा उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको छ । उडान संख्या ६१७, जहाज ९ एन-एओसी का सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् । सो जहाजलाई पोखरास्थित हाम्रो टेक्निकल टिमले चेकजाँच गरिरहेको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै