• २०८१ चैत ७ बिहीबार

गाजामा आक्रमण तिब्र पारेपछि नेतान्याहूको हमासलाई चेतावनी- यो शुरुवात मात्र हो

kharibot

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हमास विरुद्धको आफ्नो लडाई पूर्ण शक्तिका साथ पुनः सुरु बताएका छन् ।

उनले भिडियो सन्देश जारी गर्दै यो त सुरुवात मात्र भएको चेतावनी दिएका छन् । उनको भनाइ यस्तो समयमा आएको हो,  जब इजरायलले गाजामा धेरै ठूला हवाई हमलाहरू गरेको छ ।

आफ्नो बयानमा नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेक पटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ ।

जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविराम बढाउने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि इजरायलले पुन: आक्रमण शुरु गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै