काठमाडौं । नियम उलङ्घन गरेमा अमेरिकाले भिसा रद्ध गरेर निष्कासन गर्ने स्पष्ट भएको छ ।
नेपालस्थित अमेरिकी दुतावासले बुधबार एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो ।
दुताबासले भनेको छ-
अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।