• २०८१ चैत ७ बिहीबार

'यौन व्यवसाय खुला गर्नुपर्छ' भन्ने भनाई विवादमा परेपछि कांग्रेस मुख्य सचेतकले मागे मागी

kharibot

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले गत सोमबार संसदमा बोलेको कुरालाई लिएर माफी मागेका छ्न ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै घिमिरेले आफूले बोलेको कुरा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणा मात्र भएको प्रष्ट पार्दै माफी मागेका हुन् । 

उनले आफ्नो विचारले संसदका सदस्य र जनमानसमा नकारात्मक प्रभाव परेको भए सम्मान गर्दै क्षमा मागेका छन् ।

उनले सोमबारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भनेका थिए- 'धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ ।' 

घिमिरेको उक्त अभिव्यक्तिको पार्टी र संसदमै विरोध भएको थियो । कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकमा समेत घिमिरेलाई कारवाही गर्नुपर्ने माग उठेपछि सभापति शेरबहादुर देउवाले उनलाई बोलाएर सोधपुछ गरेका थिए । त्यस्तै पदाधिकारी बैठकनै चलिरहेको समयमा महिला सांसदहरूले पनि यस विषयमा पार्टीको धारणा मागेका थिए ।

सांसदहरू इश्वरी न्यौपाने, सीता गुरुङ लगायत पदाधिकारी बैठकमा पुगेर नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै