काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज सुनको मुल्य तोलामा ८ सयले बढेर अहिलेसम्मकै उच्च मुल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले बढेर एक लाख ७६ हजारमा कारोबार भईरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ७५ हजार २ सयमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।