काठमाडौं । महेन्द्र रत्न क्याम्पस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
अनेरास्ववियुका ईश्वर थापा पुनः अध्यक्ष पदमा निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा निरु पोख्रेल, रुपेश गौतम, अंकिता कुँवर, दिपक बुढाथोकी, सुकरानी पहारी, भरत भण्डारी, कृष्णमाया कार्की र प्रशान्त थिङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।