• २०८१ चैत ७ बिहीबार

हेटौंडा क्याम्पसको सभापतिमा अनेरास्ववियुका अभि मैनाली विजयी

kharibot

हेटौडा । मकवानपुरको हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका अभि मैनाली विजयी भएका छन् ।

मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल क्रान्तिकारीका दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै, सदस्यहरुमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिशकुमार यादव र अखिलेशकुमार यादव विजयी भएका छन् ।

साथै समानुपातिकतर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए । कुल ३७४ जनाले मतदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै