• २०८१ चैत ५ मंगलबार

महानिरीक्षक कुँवर आजदेखि अनिवार्य अवकाशमा जादै

kharibot

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिमा बोलेर तत्कालिन गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता नभेटिएको भन्दै क्लिन चिट दिदाँ होस या सरकार परिवर्तन पछि तिनै रविलाई पक्राउ गरेर रातारात चितवनबाट पोखरा हिडाउँदाको विषय होस । हरेक जस्ता घटनाक्रममा विवादित बनेका नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्त बहादुर कुँवर आज राती १२ बजेपछि अनिवार्य अवकासमा जाँदै छन् । सरकार परिवर्तन पिच्छे दबावमा परिरहेका प्रहरी महानिरीक्षक कुँवरले आफ्नो कार्यकाल सुखले विताउन पाएनन् । 

तत्कालिन गृहमन्त्री रविले पदमुक्त गर्नै चर्चा देखि अन्तरजातिय विवाहमा हस्तक्षेप गरेको विषयमा भएको विवादले उनलाई सधै तनाव दिईरह्यो । यसरी समस्या भोगिरहेका कुँवर, देशका प्रमुख दुई दल काँग्रेस र एमालेको समिकरणबाट बनेको दुई तिहाईको बलियो तथा स्थायी सरकार बनेका बेला भने प्रहरी नेतृत्वबाट अवाकाश लिँदै छन् । ३० वर्षे उमेर हदका कारण उनले बाध्यकारी रुपमा अवकाश लिनुपर्ने हुन्छ । उनलाई आज प्रहरी हेडक्वार्टरले बिदाइ गरी पठाउने तयारी गरको छ ।

कुँवरसँगै प्रहरीका ९ जना वरिष्ठ अधिकारी पनि अनिवार्य अवकाशमा जाँदै छन् । जसमा ५ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई छन् भने ३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत छन् । ५ चैत, २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका उनीहरू प्रहरी नियमावलीअनुसार ३० बर्से सेवा अवधि पूरा गरेका कारण अवकाशमा जान लागेका हुन् ।

आईजीपी कुँवरको अवकाशसँगै ३१औँ आइजी को बन्ला भन्ने विषय चर्चामा छ । अब बन्ने आईजीपीका लागि ३ जना एआइजीहरू प्रतिस्पर्धामा छन् । एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट १ जना आइजीमा बढुवा हुनेछन् । सम्भवतः आज नै मन्त्रिपरिषद्को बैठक बसेर यसबारे टुंगो लगाइनेछ । यसअघिको प्रचलनअनुसार पनि सरकारले अन्तिम दिन मात्र आइजीको टुंगो लगाउँदै आएको छ । आइजीको टुंगो लागेपछि मात्र एआइजी र डिआइजीको टुंगो लाग्नेछ ।

रोलक्रम अनुसार यी ३ अनुहार मात्र आइजीको रेसमा छन् । तर, यी ३ मध्ये जो आइजी भए पनि उसको कार्यकाल ६ महिना मात्र हुनेछ । उनीहरू १८ भदौ, २०५२ मा इन्स्पेक्टरमा नियुक्त भएका थिए । हालकै ३० बर्से उमेरहद कायम भएमा १७ भदौ, २०८२ मा अबको आइजी अनिवार्य अवकाशमा जानेछ ।

यदि भदौभित्र हाल सरकारले ल्याएको ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’मा भएको प्रहरी महानिरीक्षकको कार्यावधि पारित भएमा भने अबको आइजीको कार्यकाल ६० वर्ष उमेर हद वा ३ बर्से कार्यकलका आधारमा तय हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै