• २०८१ फाल्गुण १२ सोमबार

मोड्रीच र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि सहज जित हासिल गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा लुका मोड्रीच र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको शिर्ष स्थानमा रहेको बार्सिलोनासँग समान २५ खेलमा ५४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २५ कलमा ५३ अंक रहेको छ ।

त्यसैगरी जिरोनाको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा १३औ स्थानमा छ ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै