चितवन । त्रिशुली नदीमा शव भेटिएको छ । जलविरे नजिकै त्रिशुली नदीमा एक युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले सुरक्षाकर्मीको टिमले शवलाई नदी बाहिर निकालेको छ ।
शव यहि फाल्गुण २ गते मोटरसाईकल दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले भने शव कसको हो भन्ने यकिन नभएको बताउदै अनुसन्धान पछि स्पष्ट हुने बताएको छ ।