चितवन । चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका ब्यक्तिको सशस्त्र प्रहरीले फागुन ९ गते सकुशल उद्धार गरेको छ ।
सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षिय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदिमा हामफालेको अवस्थामा नं १७ गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम ( आइआरटी ) ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको हो ।