• २०८१ माघ २९ मंगलबार

नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्वार

kharibot

चितवन । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको माघ २९ गते सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फालेकी हुन् ।

सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्वार गरेको हो । उद्वार पश्चात उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै