• २०८१ फाल्गुण ९ शुक्रबार

पोखराका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज

kharibot

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ कोसमारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

उनीसँग बेलुन विस्फोटमा परेर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

मेयर आचार्यको उपचार जारी थियो । आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले भनेका छन्- 'पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) किर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्री ज्यू तीन दिन अघि नै डिस्चार्ज हुनु भएको थियो, भने म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु । उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, किर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै