• २०८१ फाल्गुण ९ शुक्रबार

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख

kharibot

काठमाडौँ । बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको पछिल्लो स्वास्थ्य अवस्था बारे कीर्तिपुरस्थित बर्न अस्पतालले नयाँ अपडेट दिएको छ ।

अस्पतालका निर्देशक डा.  किरण नकर्मीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।

उनले भनेका छन्- 'आज घाउ जाँचको क्रममा घाउहरु सेकेन्ड डिग्री सुपरफिसियल गहिराई भएको पाइएको छ । सोहि अवस्था यथावत रहे शल्यक्रिया गर्नुपर्ने छैन । अनुहारमा जलनको कारण स्वासनली र फोक्सोमा पर्ने असर हेर्न अझै पर्खिनुपर्ने छ ।'

शनिबार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि मन्त्री पौडेल र मेयर आचार्यको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि शनिबारनै हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै