• २०८१ फाल्गुण ९ शुक्रबार

अर्थमन्त्री पौडेल आज डिस्चार्ज हुदै

kharibot

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । बेलुन पड्किदा घाइते भएका अर्थमन्त्री पौडेललाई किर्तिपुरस्थित बर्न अस्पतालले आज डिस्चार्ज गर्ने जानकारी दिएको छ ।

अस्पतालले अपडेट दिदै अर्थमन्त्री पौडेलको जलेको घाउ निको हुदै गएकोले आज डिस्चार्ज हुने बताएको हो ।

त्यस्तै पोखरा महानगरका प्रमुख धनराज आचार्यको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी रहने छ । आचार्य उच्च रक्तचापको विरामी समेत भएकाले उनको अस्पतालमा केहिदिन थप उपचार हुने अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिएका छन् । 

गत शनिवार पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि मन्त्री पौडेल र मेयर आचार्यको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि हेलिकप्टरबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै