खोटाङ । खोटाङको हलेसी बजारमा भिषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणको प्रयास भएपनि आगलागी अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका लागि नेपाल प्रहरीका डीएसपीको कमान्डमा २० जना र सशस्त्रका प्रहरीका डीएसपीको कमान्डमा २१ जना सदरमुकाम दिक्तेलबाट हलेसी प्रस्थान गरेका छन् ।
स्थानीय पसलमा भएको आगलागीपछि ग्यास सिलिण्ड र ठुलो आवाजमा पड्किएको बताइएको छ ।
आहिले स्थानीय, सुरक्षाकर्मीहरुको सहयोगमा आगलागी निभाउने कार्य जारी रहेको छ ।