• २०८१ फाल्गुण १२ सोमबार

परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मस्कटमा भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छिन् । ओमानको राजधानी मस्कटमा आयोजना भइरहेको आठौं हिन्द महासागर सम्मेलनको क्रममा डा. राणा र जयशंकरबीच भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्रीसँगको भेटवार्ता भएको जानकारी दिदै सीमा क्षेत्र, व्यापार, जलविद्युत परियोजनाहरूको विकास जस्ता मुद्दाहरूमा छलफल भएको बताएकी छन् ।

उनले नेपालको विकासमा भारतको निरन्तर सहयोगको लागि जयशंकरलाई धन्यवाद दिएको उल्लेख गर्दै भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ पार्ने प्रतिबद्धता दोहोराएको उल्लेख गरेकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै