काठमाडौ । आजदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप शुरु हुदै छ । आजदेखि काठमाडौँमा फेब्रुअरी २६ सम्म हुने यस प्रतियोगितामा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तान खेल्दै छन् ।
नेपालले पहिलो खेल आज किर्गिस्तानसँग खेल्ने छ । यो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुने छ । यसअघि आजै म्यान्मार र लेबनानबीच अपराहन्न २ बजेदेखि खेल हुने तालिका रहेको छ ।
त्यस्तै दोस्रो खेल फेब्रुअरी २० मा नेपालले लेबनानसँग खेल्ने छ भने नेपालले तेस्रो खेल फेब्रुअरी २३ मा म्यान्मारसँग खेल्ने छ । फाइनल खेल लिगको शिर्ष स्थान र दोस्रो स्थानमा रहने देशले फेब्रुअरी २६ मा खेल्ने छन् ।
च्याम्पियनसिप खेल्ने नेपाली टिम:
गोल किपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
डिफेन्डर: अमृता जैशी, गीता राणा, विमला विक, पूजा राणा, निशा ठोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई ।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ ।
फरवार्ड: सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।