काठमाडौं । लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको नवौं बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जनाएको हो।
प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनिमय ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशनानुसार बैठक बस्न लागेको सूचनामा उल्लेख छ । प्रदेशसभाको आठौं बैठक माघ २३ गते बसेको थियो ।
लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन्। ओलीको सम्बोधनपूर्व प्रदेशसभाको बैठक बस्न लागेको हो।
आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने बताइएको छ।